उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र २०८१ मा भर्ना हुनको लागी यस भूटनदेवी मा.वि.ले मिति २०८१/०७/१० गते संचालन गरेको प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालीम (अप्रेन्टिशीप) विल्डिङ कन्सट्रक्सन (Building Construction) र इसिडिएफको (ECDF) प्रवेश परीक्षामा सफल भएका मुख्य उम्मेदवारको नामवली तपशिल अनुसार प्रकाशित गरिएको छ। सफल मुख्य उम्मेदवार प्रशिक्षार्थीहरुले मिति २०८१/०८/०२ गते सम्म आवश्यक कागजात अनिवार्य रुपमा ल्याइ तोकिएको मिति भित्र भर्ना हुन सूचित गरिन्छ ।
भर्नाको लागी आवश्यक कागजातहरुः
१. लब्धाङ्क (मार्कसिट) पत्रको फोटोकपी थान १
२. स्थानान्तर प्रमाण पत्र चारित्रिक प्रमाण पत्र र स्थानान्तर पत्रको फोटोकपी थान १
३. जन्मदर्ता / नागरिकता को फोटोकपी थान १
४. पासपोर्ट साइजको फोटो २ प्रति
५. प्रवेश पत्र फोटोकपी थान १







